प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।
नियुक्ति भएसँगै उनकाे शपथ मंगलबार हुने भएको छ।
मंगलबार दिउँसो १:४५ बजे श्रेष्ठको शपथ हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जनाएका छन्।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेसँगै उनको शपथ हुने भएको हो।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको थियो।