प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सुरू भएको छ।
संसदको गतिरोध अन्त्य गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आह्वानमा सोमबार राति बैठक बसेको हो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ लगायत सहभागी छन्।
विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ।