प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो।
संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ।
उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए। तर सर्वदलीय बैठकबाट यो निर्णय पारित भइसकेको छैन।