राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सुरू भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरू भएको हो।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन्।
बैठकमा संसदको अवरोध हटाउने विषयमा छलफल हुनेछ।
यसअघि मंगलबार ओली उपस्थित नभएपछि बैठक विनानिष्कर्ष टुंगिएको छ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ।
सोमबार उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार समेत भएको थियो ।तर गठबन्धनले औपचारिक निर्णय भने गर्न बाँकी थियो। एमालेले समितिको संरचनालाई लिएर असन्तुष्टी जनाएपछि मंगलबारको प्रतिनिधि सभा बैठक नबसी स्थगित भएको थियो।
आज अपराह्न ३ बजेका लागि तय भएको बैठक कार्यसूचीमा अघि बढ्ने बताइएको छ।