महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले सरकारले राष्ट्रिय बाल नीति बनाउन लागेको बताएका छन्।
बालबालिकामा लगानी गरेर भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादनका लागि सरकारले बाल नीति बनाउन लागेको उनले बताए।
कीर्तिपुर नगरपालिका ७ लाई काठमाडौंकै पहिलो बालमैत्री शासनयुक्त वडा घोषणा गर्दै मन्त्री आचार्यले बालबालिकामा लगानी गर्न सके मात्रै भविष्यमा राष्ट्र निर्माण गर्न सक्ने जनशक्ति बनाउन सकिने बताए।
उनले बाल नीति मन्त्रिपरिषदको सामाजिक समितिमा रहेको बताए।
‘बाल नीति मन्त्रिपरिषदको सामाजिक समितिमा छ। यो छिट्टै सदनमा पेश भई पारित हुन्छ,’ उनले भने।
उनले बालमैत्री शासनयुक्त स्थानीय तह बनाउने काम अत्यन्तै सह्रानीय काम भएको पनि बताए।
‘कीर्तिपुरले बालमैत्री स्थानीय शासन सुरुवात गरेर भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन गर्ने काममा एउटा इँटा थपेको मैले महसुश गरेको छु,’ उनले भने।