प्रतिनिधि सभाको भदौ १२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको बताए।
‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने।
सांसदले लिखित प्रश्न संघीय संसद सचिवालयमा बुझाउनुपर्छ। सांसदले भदौ ८ गते शुक्रबार अपराह्न ३ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने सभामुख घिमिरेले बताए।