जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्।
उनी आज बिहान १० बजे इन्डियन एअरलाइन्सको फ्लाइटबाट नयाँ दिल्ली प्रस्थान गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
उनका अनुसार अध्यक्ष यादव अपराह्न साढे ४ बजेको फ्लाइटबाट नयाँ दिल्लीबाट केरलाको कोची प्रस्थान गर्नेछन्।
कोचीमा आफ्ना मित्रकी छोरीको विवाह समारोहमा सहभागी हुन यादव त्यसतर्फ गएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।
विवाह समारोहमा सहभागी भएपछि व्यक्तिगत कामका लागि यादव मुम्बइ जानेछन् । त्यसपछि चार पाँच दिनमा स्वदेश फर्कने उनले जानकारी दिए।
चार पाँच दिनका लागि मात्रै भएका कारण पार्टीको कार्यवाहक अध्यक्ष नतोकिएको पनि प्रवक्ता सुमनले जानकारी दिए।