नेपाली कांग्रेसको आयोजनामा भएको 'पोलिसी ह्याकाथन' का विजेतालाई पुरस्कार दिइएको छ।
शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवालगायतले विजेता ३ टिमलाई पुरस्कार हस्तान्तरण गरेका हुन्।
पोलिसी ह्याकाथनमा २ सय २७ टोलीबाट नीतिपत्रसहित आवेदन आएको थियो। यीमध्ये १० उत्कृष्ट टिम छनौट गरिएको थियो। ती टिमले शनिबार प्रस्तुती दिएका थिए।
कांग्रेसले 'पोलिसी ह्याकाथन' मा पहिलो हुने टिमलाई ३ लाख, दोस्रो हुनेलाई १ लाख ५० हजार र तेस्रो हुनेलाई ५० हजार पुरस्कार दिएको जनाएको छ।
१८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूले ३ देखि ५ जनासम्मको समूह बनाएर नीति पत्रसहित आवेदन दिएका थिए।
कांग्रेसले 'गिग इकोनोमी' र क्लाइमेट एक्सनमा पोलिसी ह्याकाथन गरेको हो।
हेर्नुस् विज्ञप्ति:
