संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदको प्रश्नोत्तर भइरहेको छ।
बिहान ११ बजेबाट सुरू भएको प्रतिनिधि सभा बैठकमा १२ जना सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोधिरहेका छन्।
वर्णानुक्रमअनुसार सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने छन्। र, प्रधानमन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने छन्।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो।
त्यस्तै आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने छन्।