समाजवादी मोर्चाले बुधबार धनगढीमा सभाको आयोजना गर्दैछ।
आज दिउँसो १ बजे सुदूरपश्चिमस्तरीय सभा आयोजना गरेर समाजवादी मोर्चाको उद्देश्य र सन्देश प्रवाह गरिने जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले जानकारी दिए।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी जाँदै छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाको केन्द्रीय कार्यकारिणी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने छन्।
त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि सभालाई सम्बोधन गर्दै कार्यक्रम रहेको राजकिशोर साहले जानकारी दिए।
समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्दै छ।
यसअघि भदौ ८ गते वीरगञ्ज र मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा सभा आयोजना भएको थियो। सुर्खेतमा १४ गते, पोखरामा १५ गते सभाको तयारी गरेको छ। त्यस्तै हेटौडामा २३ गते र विराटनगरमा भदौ २५ गते सभा गर्ने तयारी रहेको समाजवादी मोर्चाले जानकारी दिएको छ।
४–४ महिनामा नेतृत्व फेरिने मोर्चाको संयोजक अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् भने सदस्य सचिव त्यही पार्टीका उपाध्यक्ष प्रमेश हमाल रहेका छन्।