नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयअगाडि विरोधको कार्यक्रम गरेको छ।
नेविसंघ केन्द्रीय सदस्य अनुराग शाहका अनुसार उपकुलपति र डिनलाई ध्यानाकर्षण गराउन 'स्वस्ती शान्ति' गरिएको सेतोपाटीलाई जानकारी दिए।
आंगिक क्याम्पस स्नातक तहमा इन्जिनियरिङ अध्ययन संस्थानले शुल्कवृद्धि गरेको थियो।
शुल्कवृद्धि फिर्ताको माग गर्दै नेविसंघ पुल्चोक क्याम्पस इकाइ सभापति सुलभ चापागाईं आमरण अनशन बसेका छन् भने नेविसंघसहित विभिन्न विद्यार्थी संगठनहरूले शुल्कवृद्धि फिर्ताको मागसहित आन्दोलन गरिराखेका छन्।
३ लाख १८ हजार रुपैयाँ शुल्क रहेकोमा संस्थानले वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएपछि विद्यार्थीहरू आन्दोलनमा छन्।