उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो।
मन्त्री खड्काका स्वकीय सचिव गौतम बिसीका अनुसार प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि मन्त्री खड्कालाई अस्पताल लगिएको हो।
‘प्रोस्टेटको शल्यक्रिया गरिसकिएको छ,’ उनले सेतोपाटीसँग भने।