नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ विभाग प्रमुख मनोनीत गरेका छन्।
सभापति देउवाले शुक्रबार केन्द्रीय सदस्यहरूलाई विभाग प्रमुख तोकेका हुन्।
कांग्रेसमा ७० विभाग छ। यसअघि देउवाले प्रचार विभाग प्रमुख मात्रै तोकेका थिए। अहिलेसम्म १६ विभाग प्रमुख तोकिएको छ भने अरू बाँकी छ।
गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १५ भित्र विभाग गठन गरिसक्ने निर्णय गरेको थियो।
