नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गरेको छ।
चन्द्रागिरी नगरपालिका-२ मा उक्त कार्यक्रम उद्घाटन गर्न माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुगेका थिए। कार्यक्रममा नागढुंगा सुरूङमार्गको विषयमा पनि कुरा उठ्यो। त्यहाँ उपस्थित भएकाले सुरूङमार्गबारे गुनासो राखे। उनीहरूले सुरूङ मार्गमा विस्फोट गराउँदा केही घरहरू चर्किएको, खानेपानीको मुहान सुकेकोलगायत समस्या प्रचण्ड समक्ष गरेका थिए।
लगत्तै प्रचण्डले कार्यक्रमस्थलबाटै नागढुंगा सुरूङमार्ग प्रमुखलाई फोन गरेका थिए।
उनले फोनमा भने, ‘सुरूङमार्गबाट प्रभावित जनताले बडो गम्भीर ढंगले कुरा राख्नु भयो। सुरूङ मार्गमा विस्फोट गराउँदा केही घरहरू चर्किएका कुरा, खानेपानीका मुहान सुकेका कुरा। यो क्षेत्र एकदम प्रभावित पर्दो रहेछ। यसको राहतको निम्ति व्यवस्थाको कुरा उठाउनु भएकाले मैले जनताकै बीचबाट मैले भनेकी छु। एक हप्ताभित्र सुझावसहितको प्रतिवेदन दिनुहोला।’