नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ बारामा समानान्तर समिति गठन भएको छ।
कलैयामा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टलगायत उपस्थित रहेको विद्यार्थीहरूको भेलाले नेविसंघ समानान्तर समिति अध्यक्षमा प्रविण सिंहलाई चयन गरेका हुन्।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मंगलबार नेविसंघ बारा अध्यक्षमा समीर चौधरीलाई जिम्मेवारी दिएका थिए। चौधरीलाई अध्यक्ष बनाएको पत्र सार्वजनिक भएपछि असन्तुष्ट पक्षले बुधबार समानान्तर समिति गठन गरेका हुन्।
‘विद्यार्थीकै माझबाट नेविसंघ जिल्ला अध्यक्ष चयन गरिएको हो,’ भट्टले भने।