राष्ट्रपति रामचन्द्र पौडेल कृष्ण मन्दिर पुगेर दर्शन तथा प्रसाद ग्रहण गरेका छन्।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा बुधबार राष्ट्रपति पौडेल ललितपुरस्थित पाटन पुगेर कृष्ण मन्दिर दर्शन गरेका हुन्।
राष्ट्रपति पौडेलसँगै सांसदहरू उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत पनि पाटन पुगेका थिए।
राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अवलोकन पनि गरेका थिए।
तस्बिरहरू:



