काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिने भएको छ।
सभागृहमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
'उहाँको पार्थिव शरिरलाई एक बजेसम्म सभा गृहमा राखेर श्रद्धाञ्जली दिइनेछ,' उनले भने, 'त्यसपछि पशुपतिस्थित आर्याघाटमा लगिने छ।'
वडाध्यक्ष रिजालको उपचारका क्रममा आज बिहान साढे ६ बजे ग्रान्डी अस्पतालमा निधन भएको थियो।
रिजाल अघिल्लो कार्यकाल पनि वडाध्यक्ष निर्वाचित भएका थिए।