प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम गन्तव्य देशका राजदूत र कुटनीतिक नियोग प्रमुखसँग छलफल जारी छ।
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने विषयमा विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरूसँगको छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
छलफल सिंहदरबारमा जारी छ। श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुनेछ।
शर्माका अनुसार वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ।
तस्बिरहरूः
.jpeg)





.jpeg)

सबै तस्बिरः प्रधानमन्त्रीको सचिवालय