परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन्।
मंगलबार बिहान मन्त्री साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन्।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन परराष्ट्र मन्त्री साउद अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
यो कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेपाली प्रतिनिधिमण्डलको टोली पनि अमेरिका जाने कार्यक्रम छ।