जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेको हो।
संघको संयोजक सन्तोष राज सहनी तोकिएका छन्।
सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी र कोषाध्यक्षमा तनुजा चौरसिया छिन्।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।