नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई बिहीबार आर्यघाटतर्फ लगिएको हो।
नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो। नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।
नेम्वाङको निधनमा सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ।
तस्बिरहरू:



