सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित विनोद शर्माको अहिले संसदीय सुनुवाइ भइरहेको छ।
सिंहदरबारमा जारी सुनुवाइमा उनलाई सांसदहरूले प्रश्न सोधिरहेका छन्।
शर्माको नियुक्तिविरूद्ध सुनुवाइ समितिले उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी परेको छैन।
पन्ध्र सदस्यीय संसदीय सुनुवाइ समितिको दुई तिहाइले अस्वीकृत गरेको अवस्थामा बाहेक शर्माको नाम नियुक्तिका लागि अनुमोदन हुनेछ।
शर्मालाई न्याय परिषद्ले भदौ १० गते न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।