नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकबारे सुझाव मागेको छ।
अध्यक्ष दुजाङ शेर्पाले परिपत्र गर्दै विधेयक विद्यार्थीका हितमा छ कि छैन भन्नेजस्ता अध्ययन गरी सुझाव पेश गर्न आग्रह गरेका छन्।
नेविसंघले विधेयकका सबल र दुर्वल पक्षसमेत खुलाएर केन्द्रमा सुझाव पठाउन भनेको हो।
भदौ ३१ गतेभित्र सुझाव केन्द्रमा पठाइसक्न नेविसंघले आग्रह गरेको छ।
