न्याय परिषदले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा एक जना महिला परेकी छन्।
परिषदले सिफारिस गरेका २७ मध्ये महिलामा अधिवक्ताबाट पुण्यशिला दवाडी उच्च अदालतका लागि सिफारिस भएकी हुन्।
२७ मध्ये ६ जना जनजाति र एक जना मधेसी समुदायबाट न्यायाधीशका लागि सिफारिस गरिएको छ।
आज बसेको परिषद बैठकले २७ जनालाई नियुक्तिका लागि सिफारिस गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए।
१८ जना जिल्ला न्यायाधीशबाट, न्यायसेवा, सरकारी वकिल र कानुनबाट तीनजना र कानुन व्यवसायीबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो।
सिफारिस भएकालाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन्। उच्च अदालतका ३४ जना न्यायाधीशको सरूवा पनि परिषदले गरेको छ।
*यसअघि अन्यथा परेकोले सच्याइएको छ। -सम्पादक