नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भारत गएका छन्।
प्रकाशमान र पत्नी सिर्जना बुधबार भारत गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११:५५ बजे उनीहरू भारत प्रस्थान गरेका हुन्।
सिंहको सचिवालयले दिएको जानकारीअनुसार भारतको राजस्थानस्थित माउन्ट आबुमा हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सम्मेलनमा प्रकाशमान र सिर्जनाले भाग लिने कार्यक्रम छ।
उनीहरू पाँच दिन राजस्थानमा रहनेछन्। भारतमा रहँदा सिंहले राजनीतिक भेटघाट गर्ने सम्भावना पनि छ।