नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।
केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो केन्द्रीय समिति बैठक बसेको हो।
सभापति शेरबहादुर देउवाले बैठक सुरू भएको जानकारी गराउँदै एजेन्डा राख्न महामन्त्री गगन थापालाई समय दिएका छन्।
कांग्रेसले पार्टीको आधिकारिक फेसबुक पेजबाट केन्द्रीय समिति बैठक लाइभ गरेको छ। बैठकमा वार्षिक कार्ययोजना समीक्षा, महासमिति बैठक तयारी जस्ता विषयमा छलफल हुनेछ।
लाइभ: