नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ।
हिजोदेखि सुरू भएको केन्द्रीय समितिको आजको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्नेछ।
बिहीबार महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरु प्रस्तुत गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादबारे जानकारी गराएका थिए।
उनले संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पूरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको प्रतिवद्धता जनाएका थिए।
हिजो केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह र आमन्त्रित प्रदेश सभापतिहरु - उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आजको बैठकमा आ-आफ्नो धारणा राखेका थिए।
आज थप केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।