नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जनबाट सर्वस्वीकार्य बनाउन पहल गर्ने भएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति निकालेर विधेयकलाई परिमार्जनसहित सर्वस्वीकार्य बनाउन कांग्रेसले पहलकदमी लिने प्रतिबद्धता जनाएका छन्।
‘संसदमा दर्ता भएको शिक्षासमबन्धी विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठन–पाठन सुचारु हुने वार्तावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपिल गर्दछ,’ पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।
विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको बर्षौ देखिका समस्या समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित रहेको कांग्रेसले जनाएको छ।
‘अघिल्लो ऐन र कानुनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण बिषयहरु समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन। साथै, विद्यालय शिक्षक र विद्यालय कर्मचारीको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ। यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन/संशोधन गर्न पर्ने विषयहरु छन्,’ कांग्रेसले भनेको छ।
यस्तो छ विज्ञप्ति:
