राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँमा बिपी कोइरालाको शालिक अनावरण गरेका छन्।
शनिबार तनहुँ पुगेका राष्ट्रपति पौडेलले व्यास नगरपालिका-३ स्थित दमौली सभागृह नजिकै बिपी पार्कको उद्घाटन गरेका हुन्।
राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरण गरेका थिए।
सहरी विकास मन्त्रालयको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो। २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ रुपैयाँको लागतमा सभागृह निर्माण सम्पन्न भएको हो।
विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरू भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो।
विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौंस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो। सभागृहको क्षमता पाँच सय ९३ छ। सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ। भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ।
यस्तै शनिबार नै राष्ट्रपति पौडेलले भानु नगरपालिका-१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन्। मिर्लुङकोटको पश्चिमतर्फको खोचमा रहेको भयरथानमा सात सय मिर्लुङवासीले शक्ति केन्द्रको रूपमा पुज्दै आएका छन्।
तस्बिरहरू:
-1695466456.jpg)
-1695466456.jpg)
-1695466455.jpg)
-1695466455.jpg)
-1695466454.jpg)
-1695466454.jpg)
-1695466453.jpg)
-1695466453.jpg)
-1695466452.jpg)
-1695466452.jpg)
-1695466451.jpg)
-1695466451.jpg)
