नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशीमा राजनीतिक अस्थिरता देखिएकोले नयाँ समीकरण बनाएर स्थिरता दिनुपर्ने बताएका छन्।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले राप्रपासहितको गठबन्धन बनाउनुपर्नेमा जोड दिएका हुन्।
‘कोशी सरकारको स्थिरताका लागि राप्रपासँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्छ,’ उनले भने, ‘राप्रपासँग सहकार्य गरी अघि बढ्न नसक्दा पटकपटक सरकार अस्थिर बन्यो।’
फरक प्रसंगमा उनले सरकारले महँगी नियन्त्रण गर्न नसकेको बताए। उनले देशमा भ्रष्ट्राचार र अनियमितता विकरालमा पुग्दा पनि कांग्रेस मौन बसेको बताए।