नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गरेका छन्। कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिपछि हिँडिरहेको उनको भनाइ छ।
ओखलढुंगामा आइतबार गुरू लुइँटेल पार्क उद्घाटन गर्दै ओलीले कांग्रेस लोकतन्त्रभन्दा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कार्यकर्ता बनिरहेको बताए।
‘आज नेपाली कांग्रेसको कुरा नगरौं, विचरो! यहाँ कांग्रेसका साथीहरू हुनुहुन्छ होला,’ ओलीले भने, ‘लोकतन्त्र होइन आज शेरबहादुरजीहरू प्रचण्डका कार्यकर्ता भएर पछाडी-पछाडी हिँड्नुभएको छ।’
सरकारले सुन तस्करी रोक्न नसकेको ओलीको भनाइ छ। ‘सुन तस्करी भइरहेको छ देख्नुभयो भनेर कांग्रेसलाई सोध्यो भने अर्कोतिर फर्केर भन्छ- देखिनँ, लोकतन्त्र कता गयो?’ ओलीले प्रश्न गरे।