नेपाल र चीनबीच विभिन्न १२ वटा विषयमा सम्झौता भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच भएको प्रतिनिधि मण्डलस्तरीय भेटवार्तापछि विभिन्न १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पूर्वाधार विकास, उर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा सम्झौता भएका छन् भने एउटा लेटर अफ एक्सेन्जमा हस्ताक्षर भएको छ।
चीनसँग भएका सम्झौताबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिन बाँकी छ।