नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश संकटमा नरहेको बरू आफूहरूको जिम्मामा रहेको बताएका छन्।
०४८ को चुनावपछि कांग्रेस सरकारमा गएको र नेताहरूका व्यवहारका बारेमा जनताले प्रश्न गरेको उनले स्मरण गरेका थिए।
‘नागरिकले नेताहरूका व्यवहार र निष्ठाका बारेमा प्रश्न गरे, जुन स्वभाविक हो,’ सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै थापाले भने, ‘हामीले जति असामन्य भने पनि, देशको स्थित संकटपूर्ण छ भने पनि। त्यसो भए देश संकटमुक्त कहिले हुन्छ? तीनै तहका सरकारमा हामी अनि देश संकटमा छ भन्ने? देश संकटमा छैन, हाम्रो जिम्मामा छ।’
नेताले प्रतिबद्धता गरेअनुसार कामकारबाही भए वा नभएकोबारे जनताले प्रत्येक दिन मूल्यांकन गरिरहेको पनि थापाले बताए।