नेपाली कांग्रेसको संस्थापनइतर समूहले तरूण भेला गरेका छन्।
काठमाडौंको बत्तिसपुतलीमा सोमबार तरूण भेला भएको हो।
भेलामा सहभागी निरन्जन थापाका अनुसार तरूण दलबारे आन्तरिक छलफल र आगामी रणनीतिबारे कुराकानी गरिएको बताए। भेलाले तरूण दल केन्द्रीय कार्यालयमा संस्थापक अध्यक्ष सिंहध्वज खड्काको फोटो राख्न पनि माग गरेको छ।
उनीहरूले नेता शेखर कोइराला-महामन्त्री गगन थापा समूह एक भएर अघि बढ्नुपर्नेसमेत भेलामा बताएका थिए।