नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत मंगलबार बन्दसत्र सञ्चालन हुने भएको छ।
दिउँसो २ बजेबाट समूहगत रूपमा छलफल गर्ने तयारी छ।
बन्दसत्र सञ्चालन गर्न गुरू बरालको नेतृत्वमा अध्यक्षमण्डल बनाइएको छ। जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बास्कोटा, कमल चौलागाईं, रामेस्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ्ग, रत्ना गुरुङ्ग सदस्य छन्।
बन्द सत्रमा राजनीतिक, सांगठानिक र आर्थिक तथा आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ।
आजै साँझदेखि निर्वाचन कार्यक्रम सुरू हुनेछ।