अभियन्ता ई: को प्रदर्शनमा साथ दिन नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छन्।
पाण्डे र थापाले मंगलबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अघि ई: सँगै उभिएर साथ दिएका हुन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउन ई: लगायत अभियन्ताहरू विगत एक सातादेखि राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन्।
ई: को आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष थापाले ई: ले उठाएका मुद्दा जायज भएको प्रतिक्रिया दिएका छन्।
‘सडक,फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ,’ थापाले भने।
आज बिहान ई: लगायत अभियन्तालाई उपमेयर डंगोलले पनि भेटेकी थिइन्।
यो पनि: ६ दिनदेखि उभिएर बालेनलाई बाचा सम्झाइरहेका ईः