एमाले बागमती अधिवेशनमा अध्यक्ष र सचिवमा ४-४ जनाको उम्मेदवारी परेको छ।
पार्टी कार्यालय च्यासलमा अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन्।
दाहालका प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन्। ढुंगेलको प्रस्तावक आनन्द श्रेष्ठ र समर्थक वचन देउजा छन्। श्रेष्ठको प्रस्तावकमा हरिहर लामिछाने र समर्थकमा शिवसुन्दर वैद्य छन् भने बुढाथोकीका प्रस्तावक राधेश्याम भण्डारी र समर्थकमा नेत्रबहादुर विश्वकर्मा छन्।
यसैगरी, सचिवमा रत्न गुरूङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्।
७ बजेसम्मका लागि उम्मेदवारी दर्ता समय थपिएको छ।
मतदान भने बिहीबार बिहान ८ बजेदेखि सुरू हुनेछ।