नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनमा उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन भएको छ।
प्रारम्भिक नामावलीअनुसार अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।
निवर्तमान अध्यक्ष रहेका केशवराज पाण्डेको नाम रातो रङले काटिएको छ। उनले उम्मेदवारी फिर्ता लिएकाले नाम काटिएको बताइएको छ।

उम्मेदवारी फिर्ता लिएका पाण्डेले आफ्नो समर्थन कैलाश ढुंगेललाई रहेको बताएका छन्।
अब कृष्ण दाहाल, केशवबहादुर बुढाथोकी, कैशालप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार बनेका छन्।
उम्मेदवारको अन्तिम नामावली अहिले दिउँसो ४ बजे प्रकाशन हुने र मतदान साँझ ६ बजेबाट सुरू हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
मतदान सकिएपछि आजै राति मतगणना हुनेछ।