नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन्।
अध्यक्षका लागि मिनबहादुर शाही, गुलाबजंग शाह, राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी दिएका हुन्।
बुधबारदेखि सुरू भएको प्रदेश अधिवेशनबाट १३५ सदस्यीय कमिटी चयन हुनेछ। बिहीबार सर्वसम्मत नेतृत्वका बारेमा छलफल भए पनि सहमति भएन।
शुक्रबार राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेपछि निर्वाचनका लागि कार्यतालिका बनाइएको थियो।
६ बजेसम्म उम्मेदवारी दिने समय तोकिए पनि अहिलेसम्म मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ।