नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १३५* मत खसेको छ। कुल मतदाता एक हजार १६८ जनामध्ये ३३ जना अनुपस्थित भएका छन्।
मतदानको परिणाम शुक्रबार १० बजेभित्र आइसक्ने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए।
अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।
चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएका छन्।
*सच्याइएको