नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा अहिलेसम्म पाँच जनाको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको हो।
यामलाल कँडेलको टिमबाट सल्यानका गुलावजंग शाह, गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ।
सचिवमा रूद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवकुमार शाहीको उम्मेदवारी परेको छ।
उपसचिवतर्फ समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ।
खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ।
यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ।