नेकपा एमालेको कर्णाली प्रदेश नेतृत्व चयनका लागि ६०९ मत खसेको छ।
कुल ६१६ मध्ये आइतबार राति ९ बजेसम्म ६०९ मत खसेको निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले बताए।
'हामीले अहिलेसम्म हेरेअनुसार ६०९ मत खसेको छ, यसमा १–२ मत तलमाथि हुन सक्छ,' उनले भने, 'यकिन भने मत गणनाका बेला मात्र हुन्छ।'
निर्वाचन अधिकृत दाहालका अनुसार आइतबार राति नै मतगणना हुने सम्भावना न्यून छ।
'आजै सम्बन्धित समितिहरूबीच बैठक बस्छ। उसले गरेको निर्णयअनुसार मात्र अघि बढ्छ,' उनले भने, 'सकभर आज मत गणना हुँदैन। सोमबार मात्र सुरू हुने देखिन्छ।'
१३५ सदस्यीय कमिटीमध्ये आज पदाधिकारीसहित १२५ जनाका लागि मतदान भएको छ।
आइतबार दिउँसो पौने २ बजेबाट सुरू भएको मतदान राति ९ बजे सकिएको हो।
यसअघि शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिका अनुसार शनिबार दिउँसो १२ बजेबाट मतदान सुरू हुने भनिएको थियो। पाँचपटकसम्म सरेको मतदान आइतबार दिउँसो पौने २ बजेबाट मात्र सुरू भएको थियो।