नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतगणना भइरहेको छ।
अहिलेसम्म ५०० मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाह तेब्बरले अगाडि छन्। उनले ३१० मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेदवार मिनबहादुर शाहीले १६४ मत पाएका छन् भने प्रकाश रोकायाले ४ मत पाएका छन्।
उपाध्यक्षमा गुलाबजंग प्यानलका टेकराज पछाईले २८५ मत ल्याएका छन्। अर्का उम्मेदवार दानसिंह परिवारले ४९ मत र लालबहादुर महताराले १४३ मत ल्याएका छन्।
सचिवका उम्मेदवार शाह प्यानलका ध्रुव बहादुर शाहीले ३३९ मत ल्याएका छन् भने शाही प्यानलका रूद्रबहादुर शाहीले १३३ मत ल्याएका छन्।
उपसचिवमा रवीन्द्रराज शर्माले २४६, रमेशकुमार शाहीले २१९, पद्मा खड्काले ११९ र मेनका पछाईले ८६ मत ल्याएका छन्।
अब १०९ मत गन्न बाँकी छ।