राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशम्शेर राणाले बाँकेको नेपालगञ्ज क्षेत्रमा सद्भाव कायम राख्न अपिल गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद राणाले नेपालगञ्ज सद्भावको सहर भएकोले त्यो कायम राख्न सबै समुदायलाई आग्रह गरेका छन्।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदा आज दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ। यस विषयमा संसदमा कुरा राख्दै राणाले भने, ‘नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यु लागेको छ। हिंसाका घटना नियन्त्रण गर्न सरकारसँग माग गर्दछु।’
उनले शान्तिपूर्ण विरोध गर्न पनि आग्रह गरेका छन्। ‘हाम्रो सद्भावको सहरमा दुई समुदाय संयम अपनाइदिनुहोला,’ उनले भने।
भिडिओ: