मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादवले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवले आफू विदेश जानुपरेको भन्दै यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।
यादव बुधबारदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा छन्।
मधेस प्रदेश सरकार कार्यसम्पादन नियामावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।