नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले विगत तीन दिनदेखि भेटघाट बन्द गरेका छन्।
बिसञ्चो भएकोले सभापति देउवा निवासमै आराम गरिरहेको उनका स्वकीय सचिव भानु देउवाले सेतोपाटीलाई बताए।
‘रूघाखोकी लागेको छ, ठूलो समस्या छैन,’ उनले भने, ‘बिहीबारदेखि नेता कार्यकर्ताहरूसँग भेटघाट सुरू गर्नुहुन्छ।’