नेपाली कांग्रेसले बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भूकम्प प्रभावितहरूलाई राहत व्यवस्था गर्न माग गरिएको छ।
बझाङमा मंगलबार भूकम्प गएको थियो। भूकम्पमा परेर एक जनाको मृत्यु भएको थियो भने मानिसहरू घाइते भएका थिए। साथै घर तथा विद्यालय भवनहरूमा क्षति पुगेको छ।
कांग्रेसले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग आग्रह गरेको हो।
साथै स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक राहतको कार्यमा संलग्न हुन कांग्रेसले आग्रह गरेको छ।