कतारका राजदूत मिसाल मोहम्मद अलि अल अन्सारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्।
आज दिउँसो १ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत मिसाल मोहम्मदले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
भेटमा दुई देशबीचको सम्बन्ध र दुई देशको हितबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार प्रधानन्त्री प्रचण्ड र राजदूत मिसाल मोहम्मदबीच करिब २० मिनेट छलफल भएको थियो।