नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको नेपालगञ्ज घटनालाई लिएर अपिल जारी गरेका छन्।
सभापति देउवाले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न/नगराउन आह्वान गरेका हुन्।
बुधबार विज्ञप्ति जारी गर्दै देउवाले जाती, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न पनि आग्रह गरेका छन्।
उनले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं समग्र सद्भावका लागि अपिलसमेत गरेका छन्।
नेपालगञ्जमा हिन्दु र मुश्लिम समुदायबीच तनाव उत्पन्न भएपछि मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।
