प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समयमै पूरा भएपछि नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक असर पर्ने बताएका छन्।
एमसिसी आरम्भ भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा अमेरिकाको सहयोग महत्वपूर्ण रहेको बताएl
'एमसिसी परियोजनाको उद्देश्य नेपालको विकास प्राथमिकताभित्र पर्छन्,' उनले भने, 'एमसिसीका परियोजना समयमै सकिएपछि समग्र अर्थतन्त्रमा सकारात्मक असर पर्नेछ।'
कार्यक्रममा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले एमसिसी अन्तगर्तका आयोजनामा नेपाल सरकारको महत्वपूर्ण सहभागिता रहेको बताए।
'एमसिसी संसदबाट अनुमोदन गर्दा पनि धेरै अप्ठ्यारा व्यहोरेका थियौं। यी परियोजनामा एमसिसीको अनुदानसँगै नेपाल सरकारको पनि महत्वपूर्ण हिस्सा छ,' महतले भने,' एमसिसीका परियोजना पूरा गर्न सरकारको सम्पूर्ण सहयोग हुन्छ।'